- ब्रह्ममदेव यादव, विराटनगर ४१३ पटक हेरिएको
बुधबार, फाल्गुण १७, २०७९ समय : २२:५४:०० , २ वर्ष अगाडि
प्रदेश नं. १ अब कोसी प्रदेशमा रुपान्तर भएको छ । ९२ सदस्य प्रदेश सभाका दुई तिहाई भन्दा बढि सांसदहरुले कोसी प्रदेशको प्रस्तावलाई पारित गरेका छन् । कोसी प्रदेश प्रस्तावको पक्षमा ८२ जना सांसदले मतदान गरेका छन् भने ४ जना सांसदले कोसी प्रदेशको विपक्षमा मतदान गरेका थिए । बाँकी सांसद प्रदेश सभाको बैंठकमा अनुपस्थित रहे ।
प्रदेश नं. १ को पहिलो प्रदेश सभाले प्रदेशको राजधानी टुंगो लगाएपनि नामाकरणको टुंगो लगाउन सकेन । पहिलो प्रदेश सभाले विराटनगरलाई प्रदेशको राजधानी घोषणा गरेको थियो । प्रदेश सभाको बुधबार बसेको बैठकले १ नं. प्रदेशलाई कोसी प्रदेश नामाकरण गरियोस् भनेर पेश गरेको प्रस्तावलाई पारित गरेको छ ।
राष्ट्रियपतिको चुनावमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय सँगै नेकपा एमाले केन्द्रीय सरकारबाट बाहिरिएको छ । र अब सातवटौं प्रदेशमा एमाले प्रदेश सरकारबाट बाहिरीने क्रममा छ । नेकपा एमाले प्रदेश सरकार छोड्ने बेलामा प्रदेश नं. १ को प्रदेश नामाकरणको टुंगो लगाउन सफल भएको छ । र आगामी निर्वाचनमा एमालेले यहि विषयलाई चुनावी मुद्दा बनाउने राजनितिक जानकारको ठम्याई छ ।
प्रदेश नामाकरण टुंग्याईको विषयमा खुसुयाली मनाउन प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्री परिषद्को बैंठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।