- ... १०५९ पटक हेरिएको
आइतबार, पुष १७, २०७९ समय : १८:२६:१४ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
मारवाडी यूवा मञ्च विराटनगरले राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा १ हजार भन्दा बढिले नेपाली टोपी लगाएर फोटो खिचाएका छन् । मञ्चले आइतबार विराटनगरको ट्राफिक चोकमा टोपी लगाएर फोटो खिचाउने कार्यक्रम आयोजना गरेका थिए । जहाँ उद्योगी, व्यवसायी, प्रशासनिक निकायका उच्च पदस्थ पदाधिकारी, विद्यार्थीदेखि बाटो हिड्ने जोकोही सर्वसाधारणले उत्साहित हुदै टोपी लगाएर फोटो खिचाएका थिए ।
मारवाडी यूवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, निवर्तमान अध्यक्ष तथा नेपाल राष्ट्रिय मारवाडी यूवा संगठन क्षेत्र “ख” का सभापति एवं मोरङ व्यावार संघका कार्यकारिणी सदस्य गोपाल अग्रवाल, मञ्चका निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवरतन जोशी, पूर्वअध्यक्ष तथा सल्लाहकार राजेश लखोटिया, राजेश अग्रवाल, सल्लाहकार विकास लालवानी, मञ्चका प्रथम उपाध्यक्ष जतिन राठी, महासचिव मोहित अग्रवाल र कार्यक्रम संयोजक पवन पंकज पारखले टोपी लगाएर फोटो खिचाएका थिए ।
कार्यक्रममा विराटनगरस्थित ओडीसी स्कूलका प्रिन्सिपल भानु भट्टराई, नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सचिव जितेन्द्र गोल्छा, मोरङ व्यापार संघका कार्यकारिणी सदस्य ओम शर्मा, यूवा उद्यमी अंकित मारु, साहित्यकार ऋषि तिवारी लगायत १ हजार भन्दा बढिले नेपाली ढाको टोपी लगाएर फोटो खिचाएका थिए । मञ्चका अध्यक्ष जय शर्माले नयाँ अग्रेजी वर्ष मनाउने क्रममा राष्ट्रिय टोपी दिवस ओझेलमा परेकोले राष्ट्रिय टोपी दिवसकै दिन टोपी लगाउने कार्यक्रम आयोजना गरेको बताए । जहाँ उत्साहित भएर टोपी लगाउनेको घुइचो लाग्दा आफु उत्साहित भएको प्रतिक्रिया व्यक्त गरे ।