कोसीमा विरामीलाई औषधिसहित उपचार सेवा

  • ... ३४४  पटक हेरिएको

आइतबार, फाल्गुण १४, २०७९ समय : १६:१०:५३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगरस्थित कोसी अस्पताल प्रशासनले बिरामीलाई औषधिसहित उपचार सेवाको व्यवस्था मिलाएको छ । बिरामीको अवस्था हेरेर पनि उपचारको व्यवस्था मिलाईएको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रविनराज सिंहले जानकारी गराएका छन् ।

बिरामीलाई इमरजेन्सी कक्षमा भर्ना गर्नसाथ अवस्था हेरेर उपचारको व्यवस्था मिलाईको हो । अस्पतालमा उपचार सेवा लिन आउँने बिरामीको अवस्था हेरेर विभिन्न श्रेणीमा विभाजन गरेर उपचार सेवा मिलाइएको डा. सिंहले बताए ।

अस्पतालमा उपचार सेवा लिन आउँने गम्भिर रोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखेर उपचार सेवा पारम्भ गरिएको छ । भने कम गम्भिर तथा सामान्य रोगका बिरामीको अवस्था हेरेर उपचार सेवा मिलाइएको छ । आइतबार चिरफार डटकम सँग कुरा गर्दै डा. सिंहले भने इमरजेन्सी कक्षमा रहेको बेडलाई तीन श्रेणीमा विभाजन गरिएको छ । र अस्पतालमा सेवा लिन आउँने गम्भिर अवस्थाका बिरामीलाई इमरजेन्सी कक्षको पहिलो श्रेणीको बेडमा राखेर उपचार सेवाको व्यवस्था मिलाएको छु ।

यसको साथै अस्पतालमा उपचार सेवा लिन आउँने बिरामीलाई औषधिसहित उपचार सेवाको व्यवस्था मिलाएको छु र पछि बिरामी निको भईसकेपछि उनले उपचारको क्रममा प्रयोग गरेको औषधि अस्पताल प्रशासनलाई खरीद गरेर फिर्ता गर्ने व्यवस्था मिलाइएको डा. सिंहले बताए । नेपालका सरकारी अस्पतालहरु मध्ये विराटनगरस्थित कोसी अस्पताल प्रशासनले पहिलो पटक बिरामीलाई औषधि सहितको उपचार सेवा मिलाएको छ ।

देशभरीका अन्य अस्पतालहरुमा यस्तो सुविधा छैन । केही दिन अगाडी कोसी अस्पतालको मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेका डा. सिंहले जनतालाई अनुभुति हुनेगरी औषधि सहितको उपचार सेवाको व्यवस्था मिलाएको छ । जसको चौतफी प्रशंसा सुरु भएको छ ।