- ... ५६१ पटक हेरिएको
बिहिबार, फाल्गुण ११, २०७९ समय : १५:१२:१९ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल प्रहरीले प्रदेश नं. १ मा सुविधा सम्पन्न भवन निर्माण गरेको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई दक्ष बनाउन सुविधा सम्पन्न प्रविधियुक्त भवन निर्माण गरिएको नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी गराएका छन् ।
१९ करोड १४ लाखको लागतमा नेपाल प्रहरीले प्रदेश नं. १ को राजधानी विराटनगरमा ७५ कोठा रहेको ५ तल्ले सुविधा सम्पन्न भवन निर्माण गरेको हो । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विहीबार प्रदेस सरकारको बजेटबाट निर्माण गरिएको सुविधा सम्पन्न भवनको निर्माण गरे ।
प्रदेश सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ, उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्य, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु, भवनको उद्घाट समारोहमा सहभागिता जनाएका थिए ।
प्रदेश नं. १ प्रदेश प्रहरी प्रमुख डिआईजी श्यामलाल ज्ञवाली, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलसहित नेपाल प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृत र स्थानिय तहका जनप्रतिनिधिहरुको भवन उद्घाटन समारोहमा सहभागीता रहेको थियो ।
बिहीबार प्रदेश प्रहरी कार्यालय भवनको उद्घाटन भएपनि १ बर्षभन्दा बढि समयदेखि नयाँ भवनबाट नै प्रदेश प्रहरी कार्यालयले काम गरिरहेको छ ।