- ... ५४२ पटक हेरिएको
मंगलबार, फाल्गुण ०९, २०७९ समय : १७:५८:३६ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेकपा एमालेका लोकप्रिय युवा नेता पर्शुराम बस्नेत नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्ष भएका छन् ।
१२ बर्षपछि विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएको हो ।
यस अघि बस्नेत महासंघको १ बर्षसम्म केन्द्रिय समितिको संयोजकको जिम्मेवारीमा रहेका थिए । बस्नेत नेकपा एमाले प्रदेश नं. १ कमिटिका सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् । बस्नेत नेपाल खेलकुद विकास बोर्ड प्रदेश नं. १ को सदस्य सचिव भईसकेका हुन् ।
नेपाल खेलकुद महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७, ८ र ९ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघमा २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लागेको छ । बाँकी पदाधिकारी र सदस्यको टुंगो लगाउने क्रम जारी छ ।