सन्थाल जातिलाई लोपोन्मुख सूचीबाट हटाउ सरकार

  • ... ५३९  पटक हेरिएको

सोमबार, फाल्गुण ०८, २०७९ समय : १७:४१:०२ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

सन्थाल जातीलाई राज्यको लोपोन्मुख सूचीबाट हटाउनु पर्ने अवस्था श्रृजना भएको छ । मोरङ र झापा जिल्लामा बसोवास गरिरहेका सन्थाल जातिलाई राज्यले लोपोन्मुख सूचीमा राखेको छ । तर अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. १ कार्यालयले सन् २०२२ को १ नं. प्रदेशको मानव अधिकारको अवस्थालाई समेटेर प्रकाशन गरेको पुस्तकले सन्थाल जातिको जनसंख्या वृद्धिदर उच्च देखाएको छ ।

 

इन्सेकले सन् २०२२ मा सन्थाल जातिको विषयमा गहन अध्ययन र अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा मोरङ र झापामा ३८ हजारको हाराहारीमा सन्थाल जातिको जनसंख्या देखाएको छ । जसमध्ये १८ बर्ष माथि उमेर समूहका २७ प्रतिशत मात्र जनसंख्या देखाएको छ ।

१८ बर्ष कम उमेर समूहका ७३ प्रतिशत बालबालिकाको जनसंख्या देखाएको छ । र यो भनेको प्रत्येक बर्ष ५०० प्रतिशतले जनसंख्या वृद्धि भईरहेको तथ्याङ्क हो । विश्वकै उच्च प्रतिशतले जनसंख्या वृद्धिदर पनि हो ।

सन्थाल जाति लोपोन्मुख हुन सक्दैन । यो इन्सेकको तथ्याङ्कले पुष्टि गरेको छ । इन्सेकले पुस्तक मार्फत सन्थाल जातिका बालबालिकाहरु शिक्षामा पछाडी परेको कारण राज्यले विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

कार्यक्रममा इन्सेक प्रदेश नं. १ का कार्यालय प्रमुख सोमराज थापा, बरिष्ठ पत्रकार यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिलाबल्लभ घिमिरे र मानव अधिकार आयोगको १ नं. प्रदेश कार्यालय विराटनगरका प्रमुख गीता दाहालले इन्सेकद्वारा प्रकाशित पुस्तक समय सादर्भिक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल मोरङका अध्यक्ष तथा एबिसी नेपालका केन्द्रिय अध्यक्ष विष्णु शर्मा, नेपाल प्रेस यूनियन प्रदेश नं. १ का अध्यक्ष मीनकुमार नवोदित, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जीव खनाल, सामाजिक अभियानता मिना जोशीको सहभागिता रहेको थियो ।