- ... ५५२ पटक हेरिएको
आइतबार, फाल्गुण ०७, २०७९ समय : १६:१२:३३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल विद्त परिषदका केन्द्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहालले कुनै पनि बेला देश विखण्डनमा जान सक्ने धारणा व्यक्त गरेका छन् ।
श्री ५ कोमल राज्यलक्ष्मी देवी शाहको ७३औं शुभजन्मोत्सवको अवसरमा नेपाल विद्त परिषद मोरङले आइतबार विराटनगरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा दाहालले यस्तो धारणा व्यक्त गरेको हो ।
९० लाखभन्दा बढि नेपालीका छोराछोरी विदेशमा रहेको र चर्को बैंक ब्याजदरका कारण उद्योगी तथा व्यवसायी देश छोडेर पलायन हुने अवस्थामा रहेकोले जुन सुकै बेला देशमा विस्फोटनको आवश्यकता रहेको दाहालले बताए ।
नेपाली र उद्योगी व्यवसायीको विस्फोटनले जुनसुकै बेला देश विखण्डनमा जाने दाहालले बताए । १७ हजार भन्दाबढि नेपालीको हत्या गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सरकारको नेतृत्व गरिरहेको छ । र प्रचण्ड निरंकुशता तर्फ अगाडी बढिरहेको दाहालले बताए ।
कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष जीतबहादुर अर्जेलले नेपालमा प्रजातन्त्र र गणतन्त्र असफल भईसकेको बताए । नेपाल विद्त परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।