- ... १४३०४ पटक हेरिएको
शुक्रबार, माघ २७, २०७९ समय : १५:०२:५९ , २ वर्ष अगाडि
भीम घिमिरे
अध्यक्ष
नेपाल उद्योग परिसंघ
प्रदेश नं. १, विराटनगर
- नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगरमै आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०७९ लाई असफल बनाउन न्यायलयमा मुद्दा दायर गर्ने समूहको बारेमा यहाँको प्रतिक्रिया के छ ?
कालो सिसाको घरमा बसेर ठुलो चट्टानलाई ढुंगा प्रहार नगर्नेहोस् । त्यो ढुंगा पुनः फर्केर आफ्नै सिसाको घर फुट्न सक्छ । संसारमा जहिलेपनि असत्यमाथि सत्यको जित हुन्छ । सम्मानित न्यायलयले पनि असत्यमाथि प्रहार गरेर सत्यको पक्षमा न्याय सुनाएको छ । न्यायलयको फेसलापछि नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का पदाधिकारी र सीएनआई कोसी एक्स्पो २०७९ को सम्पूर्ण टिम उत्साहित बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो भव्य तथा एतिहासीक रुपमा सम्पन्न हुने अन्तिम अवस्थामा छ । सीएनआई कोसी एक्स्पोलाई असफल बनाउन लागि परेका राजनैतिक दल, उद्योगी तथा व्यापारी क्षेत्रका पदाधिकारी, सामाजिक अभियन्ता, संचारकर्मीलाई फेरी पनि म सहकार्य गरेर देश विकासमा जुटन आग्रह गर्न चाहन्छु । नकारात्मक काममा नलागौं, नयाँ सोचाइ र उद्देश्यकासाथ सकारात्मक काममा लागौं । समृद्ध नेपाल अभियानमा जुटौं । यही सन्देश प्रवाह गर्न चाहन्छु ।
- सीएनआई कोसी एक्स्पोको कारोबारको बारेमा केही बताइदिनुहुन्छ की ?
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गको दुई बेग्लाबेग्लै ठुलो मैदानलाई घेराबेरासहित एउटै बनाएर सीएआई कोसी एक्स्पो २०७९ को आयोजना गरेका छौं । चरम आर्थिक मन्दिबाट गुज्रीरहेको औधोगिक तथा व्यापारी क्षेत्रलाई चलायमान बनाउन हामीले सीएआई कोसी एक्स्पो आयोजना गरेका छौं । सीएनआई कोसी एक्स्पोलाई नेपालकै अहिले सम्मको सबे भन्दा ठुलो एक्स्पोको रुपमा परिणत गरेका छौं । जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरसंग स्वकृति लिएर हामीले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सीएनआई कोसी एक्स्पो आयोजना गरेका छौं । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका ४ सयभन्दा बढि औधोगिक तथा कृषि सहित खानाका स्टल राखेका छौं । हामीले आयोजना गरेको १० दिने सीएआई कोसी एक्स्पोको ८ दिन अर्थात बिहीबारसम्ममा ३ लाख ५० हजारभन्दा बढि सर्वसाधारणहरुले एक्स्पोको अवलोकन गरेका छन् । शुक्रबार र शनिबार गरेर २ दिनमा १ लाखभन्द बढि सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरेका छौं । एक्स्पोमा २० करोडभन्दा बढि रकमको कारोबार भएको छ । र अबको बाँकी २ दिनमा यो कारोबार बढ्ने अपेक्षा गरेका छौं ।
- सीएनआई कोसी एक्स्पोको विशेषताको बारेमा केही बताइदिनु हुन्छ की ?
नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नेगरी हामीले सीएनआई कोसी एक्स्पोको आयोजना गरेका हौं । एक्स्पोमा साना, मझौला र ठुला सहित महिला तथा पहाडी र हिमाली जिल्लाको औधोगिक उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने गरी एक्स्पोमा ती उद्योगका उत्पादनलाई प्राथमिकता दिएका छौं । नेपाली उत्पादिन वस्तुको बजारको खोजी गरिदिने र जसले गर्दा आर्थिक क्रियाकलाप चलायमान बनाउन १ नं. प्रदेशको औधिगिक उत्पादनलाई एक्स्पोमा स्थान दिएका छौं । प्रदेश नं. १ को राजधानी विराटनगर कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उर्जाको राजनितिक हब हो । राजनितिक दल र तीन तहकै सरकारका उच्च पदस्थ कर्मचारीलाई प्रदेश नं. १ मा रहेको प्राकृतिक सम्पदा अग्लो हिमाल, सगरमाथा र झापाको सबैभन्दा होचो ठाउँ केवचकेचनाको बारेमा जानकारी गराएर ती स्थानलाई पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्न मद्दत पुग्ने उद्देश्यका साथ एक्स्पोको आयोजना गरका हुन् । एक्स्पोमा पर्यटकीय, धार्मिक र सांस्कृतिक विषयको अवलोकन गर्ने व्यवास्था मिलाईएका छन् । कोशी नदि र नदिको पुल माथि वृक्षारोपण गरेर वातावरण जोगाउने सन्देश प्रवाह गर्न सेल्फी जोन फुलबारी बगैंचा एक्स्पोमा निर्माण गरेका छौं । र एक्स्पो घुम्न आउने सर्वसाधारणले यसको भरपुर फाइदा उठाइरहेका छन् ।
- सामाजिक उत्तरदायित्व अन्तर्गत साना उद्योगीलाई प्रोत्साहन गर्न सीएनआई कोसी एक्स्पो मार्फत केही विशेष योजना अगाडी सार्नु भएको छ की ?
विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा १० भन्दा बढि साना उद्योगीलाई हामीले निःशुल्क रुपमा स्टल उपलब्ध गराएका छौं । एक्स्पोमा आएर स्टल बापतको रकम तिर्न नसक्ने साना उद्यमीलाई प्रोत्साहन गर्न हामीले निःशुल्क रुपमा स्टल उपलब्ध गराएका हौं । रुकुमको भिर माउरी उद्योग, जुम्मालको स्याउदेखि अपाङ्गहरुले उत्पादन गरेको हस्तकलाका सामग्रीलाई प्रोत्साहन गर्न निःशुल्क रुपमा स्टल उपलब्ध गराएका हौं । एक्स्पोमा विभिन्न ३२ वटा क्लबसंग सहकार्य गरेर एक्स्पो घुम्न आउने सर्वसाधारणको सुगर प्रेसर लगायत विभिन्न रोगको निःशुल्क रुपमा परिक्षण भईरहेको छ । प्रत्येक दिन रक्तदाताहरुले रक्तदान गरिरहेका छन् ।
- अन्तिममा विराटनगर वासीलाई केही भन्न चाहनुहुन्छ की ?
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले १ वर्षको तयारी र ३ महिनाको कडा परिश्रम र मेहनतका साथ विराटनगरमा सीएनआई कोसी एक्स्पोको आयोजना गरको छ । परिसंघले ४ ठुलाठुला वाटरप्रुफ, हावाप्रुफ हेङ्गर (डोड) भित्र स्टल निर्माण गरेर कोसी एक्स्पो आयोजना गरेका हुन् । नेपालमै अहिलेसम्मको कोसी एक्स्पो सबैभन्दा ठुलो एक्स्पो हो । जहाँ नेपाल, भारत, बंगलादेश र पाकिस्तानका औधोगिक तथा कृषि सामग्री विक्री भईरहेको छ । र शनिबार एक्स्पोको अन्तिम दिन भएकोले विराटनगर वासीलाई एक्स्पो घुम्न आग्रह गर्न चाहन्छु । र एक्स्पोलाई भव्य र ऐतिहासिक बनाउन सहयोग पुर्याउने सबै प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
– ब्रह्मदेव यादव, विराटनगर