- ... ५१९ पटक हेरिएको
बिहिबार, माघ २६, २०७९ समय : १६:५९:३९ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
राजवंशी समाज उत्थान समिति विराटनगरले फागुन ६ गते विराटनगरमा १६औं बृहत भेला गर्ने तयारी थालेको छ । समाजका सभापति भुवनेश्वर मण्डलले विहीबार पत्रकार सम्मेलन गरेर सुनसरी, मोरङ र झापामा रहेका ३५ हजार भन्दा बढि राजवंशी समुदायलाई अधिकार सम्पन्न बनाउने उद्देश्यका साथ भेलाको आयोजन गर्न लागेको जानकारी गराए ।
सुनसरी, मोरङ र झापामा २० वर्ष अगाडीसम्म ५० हजारको हाराहारीमा राजवंशी समुदाय बसोबास गरिहेका थिए । तर यतिखैर राजवंशीको जनसख्या घटेर ३५ हजारको हाराहारीमा पुगेको छ । जनसख्या घट्दो क्रममा रहेकोले राजवंशी समुदायका नाममा १ नं. प्रदेशलाई विराट प्रदेश घोषण गर्न माँग गरे ।
समाजका महासचिव काशिनाथ राजवंशीले अल्पसंख्यक राजवंशी समुदायलाई राज्यको हरेक अङ्गमा आरंक्षण दिनुपर्ने माँग गरे । समाजले विराट राजवंशीलाई आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत र विराटनगर–१८ को भेडियारी स्थित विराट दरवार क्षेत्रको संरक्षण एवं प्रवद्धनकालागि विराट राजवंशीको नेतृत्वमा पर्यटकीय क्षेत्रको विकास गर्न पनि माँग गरे ।