
- ब्रह्मदेव यादव, विराटनगर ३२० पटक हेरिएको
बिहिबार, बैशाख ११, २०८२ समय : १६:०३:१४ , २ दिन अगाडि
भारत–पाकिस्तान युद्ध नजिक पुगेको छ । जम्मु कश्मीरको पहलगाममा मंगलबार घटेको आतंकवादी घटनापछि भारत–पाकिस्तान माथि हवाई आक्रमण गर्ने तयारी गरेको छ ।
पहलगाममा आतंकवादी आक्रमणमा परेर ३० पर्यटकको मृत्यु भएको छ । पहलगाम आक्रमणमा पाकिस्तानी आतंकवादीको हात रहेको निष्कर्ष निकाल्दै भारतले पाकिस्तान माथि आक्रमण गर्न लागेको हो । भारतले जलमार्गदेखि आकाश मार्गबाट एक साथ पाकिस्तान माथि आक्रमण गर्ने तयारी गरेको छ ।
भारतले पाकिस्तानको विभिन्न शहरमा हवाई आक्रमण गर्ने गरेको छ । जवाफमा पाकिस्तानले मिसाइल मार्फत भारत माथि आक्रमण गर्ने तयारी गरेको छ ।
मिसाइलबाट पाकिस्तानले भारतको विभिन्न शहरमा आक्रमण गर्दा शहररै ध्वस्त हुने आकलन गरिएको छ । एकले अर्को देश माथि गर्न लागेको आक्रमणको तयारी देखेर भारत पाकिस्तानका जनता डराएका छन् ।