
- ब्रह्मदेव यादव, विराटनगर ५३९ पटक हेरिएको
शुक्रबार, बैशाख ०५, २०८२ समय : १६:०८:४८ , १ दिन अगाडि
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहले मोरङमा दोस्रो शर्मनाक हार व्यहोरेको छ । एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा ओली समूहले शर्मनाक हार व्यहोनु परेको छ ।
ओली समूहको पुरै प्यानलले हार व्यहोरेको एमाले विराटनगर महानगर कमिटीको निर्वाचनमा विनोद ढकाल समूहको पुरै प्यानलले नै सान्दार जित निकालेका छन् । ओली ढकाल समूहले बेग्लाबेग्लै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यस अघि एमाले मोरङको जिल्ला अधिवेशनमा ओली समूहलाई पराजित गरेर ढकाल समूहले सान्दार जित निकालेका थिए ।त्यतिखेर पनि ओली र ढकाल समूहले बेग्लाबेग्लै प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एमालेको कोशी प्रदेश अधिवेशनमा ओली समूहलाई टक्कर दिन विनोद ढकाल समूहको उदय भएको थियो ।
कोशी प्रदेश अधिवेशनमा झिनो मतको अन्तरले घनश्याम खतिवडा सँग अध्यक्ष पदमा विनोद ढकाल पराजित भएका थिए ।त्यसपछि मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगर कमिटीको अधिवेशनमा ढकाल समूहले सान्दार जित निकालेका छन् । एमाले विराटनगर महानगर कमिटीको शुक्रबार बिहान सार्वजनिक परिणाम अनुसार बलराम गिरी (नविन) अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
गिरीले ओली समूहबाट अध्यक्षका प्रत्याशी रोहित कोइरालालाई ५२ मतको अन्तरले पराजित गरेका थिए । गिरीले १ सय ७३ मत प्राप्त गरेर जित निकाल्दा कोइरालाले १ सय २१ मत प्राप्त गरेर हार व्यहोरे । उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाईं, उपसचिवद्वयमा हमिद आजाद र हिमा मैनाली निर्वाचित भएका छन् । अध्यक्षमा गिरी सहित पदाधिकारी तर्फको सबै पदमा ढकाल समूहले सान्दार जित निकालेका छन् ।