अपराध निम्त्याउने गतिविधिलाई नियन्त्रण गछु– एसपी पोखरेल

  • ... ४३१  पटक हेरिएको

मंगलबार, माघ २४, २०७९ समय : १८:३५:१९ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले अपराध निम्त्याउने गतिविधिलाई नियन्त्रण गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको कार्यभार सम्हालेको २४ घण्टा भित्र मंगलबार पत्रकार सम्मेलन गरेर एसपी पोखरेलले उमेर पुगेका जोकोहीले होटलमा यौन इच्छा पुरा गर्न छुट छ । तर यौन इच्छाले निम्त्याउने अपराधलाई प्रहरीले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

होटलमा बसेर अपराध गर्ने र फेरी होटलमै गएर लुक्ने प्रवितिलाई निरुत्साहित गरेर छाड्ने बताए । त्यसकालागि होटलमा हुने अपराधलाई कडाइका साथ नियगमन तथा नियन्त्रण गरेरै छाड्ने एसपी पोखरेल बताए । विराटनगरमा +२ अध्ययन गरिरहेका युवा युवति चुरोटको लतमा फसेकोले त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग लिएर अगाडी बढ्ने पोखरेलले बताए ।

उद्योगी व्यवसायीलाई सुरक्षित तरिकाले काम गर्न दिने वातावरण निर्माण गर्ने कार्यमा आफु जुटेको पोखरेलले बताए । उद्योगी व्यवसायीलाई घरबाट उद्योगसम्म र उद्योगबाट घरसम्म सहज र सुरक्षित तरिकाले पुग्नेगरी शान्ति सुरक्षा बाहली गर्ने पोखरेलले बताए ।

आफुले प्रयोग गर्ने मोरङ प्रहरीको ९८५२००५५५५ नम्बर २४सैं घण्टा रेकडिङमा रहने भएकोले बिना काम फोन गर्ने व्यक्तिको नाम सहित रेकडिङ सार्वजनिक गर्ने पोखरेलले बताए । नेपाल भारतको सिमान्त क्षेत्रबाट हुने गरेको चोरी, तस्करी, लागुऔषध ओसारपोसारलाई सीसी फुटेज क्यामेराको सहयोग लिएर नियन्त्रण गर्ने पोखरेलले बताए ।

१ नं. प्रदेश सरकार, विराटनगर महानगरपालिकाले विराटनगर महानगर सहित सिमान्त क्षेत्रमा सीसी टिभी जडान गरेकोले चोरी तस्करी नियन्त्रणदेखि आगुऔषत ओसारपोसारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने सीसी टिभी फुटेजको सहयोग लिएर अगाडी बढ्ने एसपी पोखरेलले बताए ।