नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिलाई उत्कृष्ट सम्मान

  • चिरफार डटकम, विराटनगर २६३  पटक हेरिएको

बिहिबार, चैत्र २७, २०८१ समय : १७:१५:०४ , ४ दिन अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान प्रदान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सात वटै प्रदेश मध्ये कार्यसम्पादनको आधारमा कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान प्रदान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको विहीबार काठमाडौंमा आयोजित ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा महासंघको कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रादेशीक महासंघ घोषणा गर्दै सम्मान प्रदान गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष वरिष्ठ उद्योगी राजेन्द्र राउतलाई सम्मान प्रदान गरेका हुन् ।