मोहित लालवानी मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा निर्वाचित

  • चिरफार डटकम, विराटनगर ३२९  पटक हेरिएको

आइतबार, चैत्र २३, २०८१ समय : १५:४९:०६ , २ दिन अगाडि

मोहित लालवानी, मारवाडी युवा मञ्च विराटनगरको अध्यक्ष पदमा निर्वाचित भएका छन् । मारवाडी युवा मञ्च विराटनगरको ११औं साधारण सभाले लालवानीलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

यस अघि लालवानी मारवाडी युवा मञ्च विराटनगरको प्रथम उपाध्यक्ष रहेका थिए । मारवाडी युवा मञ्च विराटनगरको साधारणले अध्यक्ष निर्वाचित गर्ने र नवनिर्वाचित अध्यक्षले कार्यसमितिका लागि पदाधिकारी र सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

केही दिन भित्रमा कार्यसमितिका लागि पदाधिकारी र सदस्यको मनोनयन गरेर पदस्थापन गर्ने तयारी भइरहेको नवनिर्वाचित अध्यक्ष लालवानीले बताए ।