
- चिरफार डटकम, विराटनगर २२० पटक हेरिएको
शुक्रबार, चैत्र २१, २०८१ समय : १६:५३:३५ , ३ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं वरिष्ठ उद्योगी राजेन्द्र राउतले खोटाङ उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् ।
अध्यक्ष राउत सँगै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का र प्रकाश कार्की त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली २६औं वार्षिक साधारण सभामा सहभागिता जनाउन खोटाङ पुगेका थिए ।
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले २६औं वार्षिक साधारण सभामा सहभागिता जनाउन पुगेका महासंघका पदाधिकारीहरूलाई स्वागत गरेका थिए ।