कोसी अस्पताललाई बेड र जनशक्ति अभाव

  • ... ४५२  पटक हेरिएको

मंगलबार, माघ २४, २०७९ समय : १३:५२:२१ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर स्थित कोशी अस्पताललाई बेड र जनशक्तिको अभाव छ । अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्न २५० जना भन्दा बढि नर्सिङ कर्मचारीको आवश्यकता छ । तर अस्पतालमा १५० भन्दा कम नर्सिङ कर्मचारी कार्यरत छन् ।

अस्पतालमा बेडको तुलनामा चिकित्सको अभाव छ । आवश्यक बेड र जनशक्तिको अभावमा अस्पताल प्रशासनले चाहेर पनि सेवा लिन आउँने सबै बिरामीलाई सेवा प्रवाह गर्न सकिरहेको छैन । संवादसमूहको १ नं. प्रादेशिक कार्यालयले मंगलबार आयोजना गरेको कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका विषयक संवाद कार्यक्रममा अस्पतालका मेडिकल सुपरिडेन्टेट डा. लक्ष्मीनारायण यादवले बेड र जनशक्तिको अभावमा उपचार सेवा लिन आउने सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकेको बताए ।

कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले अस्पतालमा ६०० भन्दा बढि कर्मचारी कार्यरत रहेपनि दक्ष जनशक्तिको अभाव रहेको स्विकार गरे । अस्पतालका प्रशासन प्रमुख नवराज लुईंटेलले अस्पतालमा सरकारी र विकास समिति गरेर ३५० बेड सञ्चालनमा रहेको र बेड अनुसार जनशक्ति नहुँदा उपचार सेवा लिनआउने सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकेको बताए ।

कार्यक्रममा अस्पतालका स्त्री तथा प्रसुति रोग विभाग प्रमुख डा. अञ्जु देव, वरिष्ठ नर्सिङ प्रशासक मञ्जु यादव, अर्थ विभागका लजिता, योञ्जन इमरजेन्सी विभाग प्रमुख गजेन्द्र यादव, डा. सुधिर श्रेष्ठ, डा. रोशन खड्का, संवाद समूहका सदस्य डा. चन्द्र उपाध्याय तिम्सिना, सुमन सुस्केरा र सुमन पुरीले आफ्ना धारणा व्यक्ति गरेका थिए ।

कार्यक्रममा १ दर्जनभन्दा बढि संचारकर्मीहरुले कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. लक्ष्मीनारायण यादवलाई उपचार सेवा लिन आउने सबै बिरामीलाई सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।