हजारौँ भक्तजनको मन जित्दै भव्य रूपमा सम्पन्न भयो ऐतिहासिक रासलीला 

  • ब्रह्मदेव यादव, विराटनगर ५७९  पटक हेरिएको

सोमबार, चैत्र १०, २०८१ समय : १३:४४:२३ , २ हप्ता अगाडि

श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले विराटनगरमा आयोजना गरेको ६ दिने ऐतिहासिक रासलीला कार्यक्रम भव्य रूपमा आइतबार सम्पन्न भएको छ । चैत ५ गतेदेखि सुरु भएको रासलीला कार्यक्रम १० गते सकिएको छ । ६ दिनमा १२ हजार भन्दा बढी सनातन हिन्दु धर्म मान्ने भक्तजनहरूले रासलीला मञ्चन कार्यक्रममा सहभागिता जनाएका थिए ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, भारतको हैदरावादका स्वामी रामानुज चिन्न जिअर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, नेकपा एमाले कोशी प्रदेश सांसद जयप्रकाश चौधरी र लिलाबल्लभ अधिकारी, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, बुढीगंगा गाउँपालिकाका अध्यक्ष अमृता गच्छदार, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईं, संविधान सभा सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघ केन्द्रीय कार्यालय विराटनगरका अध्यक्ष अंशु बंजारा, नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री प्रमिला गच्छदार, कोषाध्यक्ष राजेश गुप्ता, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, कांग्रेस युवा नेता कृष्ण कार्की, राजु मास्के, सन्तोष न्यौपाने, रञ्जित झा, नरसेवा नारायण सेवा विराटनगरका अध्यक्ष पृथ्वी अग्रवाल, मर्निङवाक समूह विराटनगरका संयोजक देवकिनन्दन अग्रवाल, नेपाल सुन चाँदी व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष शशिभुषण साह, उद्योगी एवं समाजसेवी ताराचन्द खेतान, नन्दकिशोर राठी, घनश्याम राठी, किशोर धनावत, राजकुमार अग्रवाल, रामेश्वर लाल काबरा, महिला नेतृ एवं समाजसेवी जिरिजा सारडा, रचना राठी, सुलोचना धनावत, सुची चौधरी रासलीला मञ्चन कार्यक्रममा सहभागिता जनाएका थिए ।

श्रीहरि सत्संग समिति नेपालले विराटनगरको अतिथि सदनमा ६ दिने रासलीला कार्यक्रम आयोजना गरेको थिए । भारतको वृन्दावनबाट आएका २१ जना कलाकारहरूको टोलीले ६ दिनसम्म भगवान् श्री राधाकृष्णको जीवनशैलिमा आधारी रासलीला कार्यक्रम मञ्चन गरेका थिए ।

कार्यक्रममा विराटनगरका एक दर्जन भन्दा बढी सञ्चारकर्मीहरूलाई सम्मान गरेका थिए । समितिले विराटनगरमा आयोजना गरेको रासलीला कार्यक्रम सम्पन्न गर्न साढे आठ लाख भन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

  श्रीहरि सत्संग समिति नेपालले कोशी प्रदेशका उपाध्यक्ष एवं सुन चाँदी व्यवसायी वरिष्ठ समाजसेवी महेशकुमार साह स्वर्णकारलाई प्रमुख संयोजक बनाएर रासलीला कार्यक्रम आयोजना गरेका थिए । उद्योगी एवं समाजसेवी घनश्याम काबरालाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।

श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष भाषा तथा सांस्कृतिक विज्ञ भिखमचन्द सरलले भारतको वृन्दावनमा सीमित रहेको रासलीला कार्यक्रमलाई विराटनगरसम्म ल्याउने गरिएको प्रयास सफल भएकोमा आफू उत्साहित रहेको बताए ।