जापनिज कम्पनीको कोमात्सु नयाँ एक्स्काभेटरको बिक्री सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ३३७  पटक हेरिएको

आइतबार, चैत्र ०९, २०८१ समय : १४:११:२७ , ३ हप्ता अगाडि

जापनिज कम्पनीले निर्माण गरेको कोमात्सुको नयाँ एक्स्काभेटरको बिक्री नेपालमा सुरु भएको छ । जापनिज कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. र राउत कन्ट्रक्सन सर्भिसेज प्रा.लि. निर्माण क्षेत्रमा प्रयोग हुने अत्याधुनिक स्याटेलइट मोनिटरिङ प्रणाली सहितको पी.सी. २०५–१० एम जिरो मोडलको एक्साभेटर सार्वजनिक बिक्री सुरु गरेका छन् ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. का अध्यक्ष सुहृदयराज घिमिरे र राउत कन्ट्रक्सन सर्भिसेज प्रा.लि.का अध्यक्ष राजेन्द्र राउतले शुक्रबार मोरङको सुन्दरहरौंचा नगरपालिका स्थित विराट चौकमा एक्स्काभेटर सार्वजनिक गरेका थिए ।

एक्स्काभेटर सार्वजनिक कार्यक्रममा कम्पनीका बोर्ड अफ डाइरेक्टर र पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरूको बाक्लो संख्यामा उपस्थिति रहेको थियो । कोमात्सु हेबी इक्विप्मेन्ट विश्वभर ख्याति कमाएको जापनिज कम्पनी हो ।

यो कम्पनीले भारत सहित दक्षिण एशियाली देशहरुमा माग अनुसारको एक्स्काभेटर बिक्री गर्दै आइरहेका छन् । यो कम्पनीले भारतको चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ । जसले गर्दा लामो दुरीको ढुवानी खर्चमा कमी आउने र छिटो छरितो नेपालसम्म डेलिभरी हुने कम्पनीले जनाएको छ ।

जापनिज कम्पनीले कोमात्सुका लागि चाहिने मुख्य इन्जिन भन्ने प्यारेन्ट कम्पनीबाट आउने भएकोले संसारभरी नै हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तरमा कुनै कमी आउने छैन ।

हेभी इक्विप्मेन्ट तर्फ कोशी र मधेश प्रदेशमा ख्याति कमाएको मोरङको राउत कन्ट्रक्सन सर्भिसेज प्रा.लि. विगत २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणको बिक्री तथा सभिर्सिङ सेवा दिँदै आइरहेको कम्पनी हो । यो कम्पनीले निर्माण क्षेत्रको माग अनुसार मेसिनहरूको हाइरिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।