ढाका उद्योगबारे विराटनगरमा बहस

  • ब्रह्मदेव यादव, विराटनगर ३७३  पटक हेरिएको

शुक्रबार, चैत्र ०७, २०८१ समय : १६:४२:०५ , ३ हप्ता अगाडि

कोशी प्रदेशमा सञ्चालन भइरहेको ढाका कपडा उद्योगको बारेमा विराटनगरमा बहस सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको ढाका महोत्सवमा ढाका उद्योगबारे बहस चलाइएको छ ।

चैत ७ गते बिहीबार विराटनगरमा ढाका महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश भरी सञ्चालनमा रहेको ढाका उद्योगको संरक्षण, संवर्द्धन र उन्नतिको लागि बजेटमै रकम विनियोजन गरेर समस्या समाधान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेसँगै उत्साहित ढाका उद्योगका सञ्चालकहरूले शुक्रवार विराटनगरमा सरोकारवाला निकायसँग बहस र छलफल गरेका छन् ।

जुन बहस र छलफलको संयोजन नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले गरेका छन् । ढाका महोत्सवको दोस्रो दिन शुक्रवार उद्योगी र सरकारी निकायका पदाधिकारी बिच ढाका उद्योगले झेलिरहेको चुनौती र समस्याको बारेमा समूहगत रूपमा बहस र छलफल गरेका छन् ।

ढाका उद्योगको समस्याबारे बहस र छलफलमा सहभागीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले मायाको चिनो प्रदान गरेका थिए । विराटनगरको जैन भवनको प्राङ्गणमा बिहीबारदेखि सुरु भएको ३ दिने ढाका महोत्सवको शनिवार समापन हुनेछ ।

कोशी प्रदेशभरी सञ्चालनमा रहेका ३० वटा ढाका उद्योगका सञ्चालकहरू ढाका महोत्सवमा सहभागी भएका छन् । विराटनगरको निजी क्षेत्रदेखि सर्वसाधारणहरूले ढाका कपडा प्रति रुचि र चासो देखाएका छन् ।