आफ्नै लागि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले खरिद गरे १ करोडको गाडी

  • ब्रह्मदेव यादव, विराटनगर १७२०  पटक हेरिएको

बुधबार, चैत्र ०५, २०८१ समय : १६:०८:२१ , ३ हप्ता अगाडि

मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नै लागि करिब १ करोड रुपैयाँ बराबरको नयाँ गाडी खरिद गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट कटहरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले विकास निर्माणको कार्यलाई पछाडि धकेल्दै आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट नयाँ गाडी खरिद गरेको हो ।

अध्यक्ष चौधरीले भारतीय कम्पनी महेन्द्राको नयाँ मोडेलको स्कारपियो गाडी खरिदका लागि करिब १ करोड रुपैयाँ खर्चेका छन् । अध्यक्ष चौधरीले गाउँपालिकाको बोर्ड बैठकबाट नयाँ गाडी खरिद गर्ने निर्णय गरेका थिए ।

खरिद गरिएको नयाँ गाडीको बुधबार गाउँपालिकाकै प्राङ्गणमा अध्यक्ष देवराज चौधरी र प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले पूजापाठ गरेका छन् ।