चर्च ब्वाइज र थ्री स्टार विराट गोल्ड कपको फाइनल खेल्दै

  • ब्रह्मदेव यादव, विराटनगर १६९  पटक हेरिएको

बुधबार, फाल्गुण २८, २०८१ समय : १२:३८:२० , ८ घन्टा अगाडि

चर्च ब्वाइज र थ्री स्टार आज (बुधबार) विराटनगरमा विराट गोल्ड कप फुटबल प्रतियोगिता उपाधिका लागि फाइनल खेल्दैछ । दुवै काठमाडौँको फुटबल टिम हो ।

चर्च ब्वाइजले नेपाल प्रहरी र थ्री स्टारले नेपाल आर्मीलाई पराजित गरेर फाइन प्रवेश गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरको शहिद रंगशालाको मैदानमा चर्च ब्वाइज र थ्री स्टारले उपाधि जित्ने दाबी सहित मैदानमा उत्रिन लागेका हुन् । साँझ ६ः३० बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

विजेताले ११ लाख र उपविजेताले ५ लाख नगद सहित शिल्ड पाउने छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विराट गोल्ड कप फुटबल प्रतियोगिता समापन समारोहको प्रमुख अतिथि रहेका छन् ।

विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही सहितका पदाधिकारी र सदस्यहरूले ट्रष्टका सदस्य उद्योगी नविन रिजाललाई २०८१ सालको विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको छ ।