महामूर्ख को ? केही बेरमा घोषणा हुँदै

  • चिरफार डटकम, विराटनगर २५८  पटक हेरिएको

मंगलबार, फाल्गुण २७, २०८१ समय : १७:५०:२० , २२ घन्टा अगाडि

यस वर्ष महामूर्खको उपाधि कसले पाउने विषयलाई लिएर विराटनगरवासीमा कौतुहलताको अवस्था छ । बढीमा ४ घण्टा भित्रको समयमा विराटनगरले नयाँ महामूर्ख पाउदैछ ।

मारवाडी युवा मञ्च विराटनगरले प्रत्येक वर्ष होली पर्वको अवसरमा विराटनगरमा आयोजना गर्ने गरेको कार्यक्रममा समाजका एक जना विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्ने चलन छ ।

मारवाडी युवा मञ्च विराटनगरले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज (मंगलबार) साँझ विराटनगर स्थित जैन भवनको प्राङ्गणमा आयोजना गरेको हाँस्य सम्मेलनमा महामूर्खको घोषणा गर्नेछ ।

मञ्चले अघिल्लो वर्ष उद्योगी एवं व्यवसायी शंकरलाल अग्रवाललाई महामूर्ख घोषणा गरेका थिए ।