
- चिरफार डटकम, विराटनगर २१० पटक हेरिएको
मंगलबार, फाल्गुण २७, २०८१ समय : १२:१८:४२ , २१ घन्टा अगाडि
विराटनगर राउण्ड टेवल ५ ले फागुन २९ गते बिहीबार विराटनगरमा कलर वाकथन कार्यक्रमको आयोजना गर्न लागेको छ ।
युवा उद्यमी एवं क्रिकेटर पारस लुनियाको क्रिकेट क्लब कोशी किङ्सले विराटनगर राउण्ड टेवल ५ को कलर वाकथन कार्यक्रमलाई प्रायोजन गरेका छन् ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कलर वाकथन कार्यक्रमको मुख्य आकर्षक रहेका छन् ।
विराटनगर राउण्ड टेवल ५ का अध्यक्ष सीए पियुष लुनियाले बिहीबार बिहान विराटनगरको जैन भवनबाट निस्कने कलर वाकथन कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरूको सहभागिता रहने जानकारी गराए ।
विराटनगरको जैन भवनबाट निस्कने कलर वाकथन र्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः जैन भवनमा आएर समापन हुनेछ ।