
- ब्रह्मदेव यादव, विराटनगर ४८० पटक हेरिएको
सोमबार, फाल्गुण २६, २०८१ समय : १८:२१:५० , २ दिन अगाडि
विराट व्यापार संघको केन्द्रीय कार्यालय विराटनगरले सोमबार विराटनगरमा आयोजना गरेको होली मिलन कार्यक्रममा सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएका छन् ।
संघले विराटनगरको मारवाडी सेवा सदनमा होली मिलन समारोहको आयोजना गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका मन्त्री र सचिव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, संविधान सभा सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतान, महेश जाजु, प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा कार्यक्रममा सहभागी थिए ।
उद्योगी, व्यवसायी, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी, राजनीतिक कर्मी सञ्चार कर्मीहरूको कार्यक्रममा बाक्लो संख्यामा सहभागिता रहेको थियो ।
विराट व्यापार संघका अध्यक्ष अंशु बंजारा, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष शरद श्रेष्ठ, मनोहर कार्की, प्रविण अग्रवाल, सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सोनु गुरुङ, कार्यसमिति सदस्य र संघका निवर्तमान अध्यक्ष नरेश खत्री होली मिलन कार्यक्रममा सहभागी पाहुनाहरूलाई स्वागत गरेका थिए ।
जलपान सहित आयोजना गरिएको होली मिलन कार्यक्रममा कलाकारहरूले विभिन्न गीत एवं नृत्वमा प्रस्तुति दिएका थिए । संघका महिला उद्यम समितिका पदाधिकारी र सदस्यहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।