- ... ३३४ पटक हेरिएको
आइतबार, माघ २२, २०७९ समय : १७:३८:१५ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगरमा आयोजना गरेको सीएनआई कोसी एक्स्पोमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर टिकटको मूल्य घटाइएको छ ।
सीएनआई कोशी एक्स्पो हेर्न आउने सर्वसाधारणका लागि अब १००।– रुपैयाँ टिकटदर कायम गरिएको छ । विद्यार्थीको लागि टिकटदर ५०।– कायम गरिएको छ । यस अघि विद्यार्थीका लागि ५०, सर्वसाधारणका लागि १०० र ३ः३० बजेपछि सांस्कृतिक कार्यक्रम हेर्न आउने सर्वसाधारणका लागि २०० रुपैयाँ टिकटदर कायम गरिएको थियो ।
नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय विराटनगरको शनिबार बसेको बोर्ड बैठकले टिकटदर घटाउने निर्णय गरेको थियो । परिसंघका अध्यक्ष भीम घिमिरेले धेरै भन्दा धेरै सर्वसाधारणले एक्स्पोको अवलोकन गरोस् भन्ने उद्देश्यका साथ टिकटदर घटाइएको बताए । टिकटदर घटेपछि आइतबारदेखि एक्स्पो अवलोकन गर्ने सर्वसाधारणको चाप बढेको छ ।
विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको दुई बेग्लाबेग्लै खाली मैदानलाई एउटै बनाएर परिसंघले सीएनआई कोसी एक्स्पोको आयोजना गरेको छ । माघ १९ गतेदेखि सुरु भएको एक्स्पो २८ गतेसम्म चल्ले छ ।