
- चिरफार डटकम, विराटनगर ३०० पटक हेरिएको
मंगलबार, फाल्गुण २०, २०८१ समय : १३:३७:३८ , २ महिना अगाडि
विराटनगरमा जारी रमपम विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज मंगलबार भारतको सुदेवा दिल्ली र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौँ बिच खेल हुने भएको छ ।
विराट गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी दुवै बलियो टिम हो । रमपम विराट गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा रिजालको मोरङ ११ एफसीले भारतको कलकता साउर्थन समितिलाई २ का विरुद्ध ३ गोल गरेर विजय भएका थिए ।
रिजालको मोरङ ११ एफसीबाट अभिषेक गुरुङ, दोर्जे तामाङ र मौसम लिम्बुले १–१ गोल गरेका थिए । कलकताबाट सुदिप्त हाल्डेन र अनिमेसले १–१ गोल गरेका थिए । फागुन १९ देखि सुरु भएको फुटबल प्रतियोगिता २२ गतेसम्म चल्ने छ ।
विराटनगरको शहिद रंगशालामा फुटबल प्रतियोगिता भइरहेका छन् । प्रतियोगिताको विजेताले ११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहेको छ ।