
- ब्रह्मदेव यादव, विराटनगर ५०५ पटक हेरिएको
बिहिबार, फाल्गुण १५, २०८१ समय : १४:३७:०५ , २ महिना अगाडि
विराटनगरमा विराट गोल्ड कप फुटबल टुर्नामेन्टको रौनक सुरु भएको छ । फुटबल टुर्नामेन्ट सुरु हुन चार दिन बाँकी रहेको अवस्थामा विराटनगरका फुटबल प्रेमी उत्साहितको अवस्थामा पुगेका छन् । फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहिद रंगशालामा विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ को आयोजना हुन गइरहेको छ ।
विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगरले ट्रष्टका सदस्य उद्योगी नविन रिजाललाई विराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गर्न जिम्मेवारी दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ उद्योग व्यापार संघ विराटनगरका निवर्तमान अध्यक्ष रिजालले विराट गोल्ड कप फुटबल टुर्नामेन्टलाई भव्य रूपमा आयोजना गर्न गरेको तयारी प्रति विराटनगरका खेल प्रेमी उत्साहितको अवस्थामा पुगेका छन् ।
विराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजक समितिका संयोजक रिजालले फुटबल हेर्न शहिद रंगशालासम्म आइपुग्ने दर्शक र दर्शकको सवारी साधनलाई सुरक्षा प्रदान गर्न मोरङ जिल्ला र कोशी प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरू सँग छलफल गरिसकेका छन् ।
संयोजक रिजालले मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिका संयोजक श्रृति शर्मा र युवा उद्यम समितिका संयोजक अमित अग्रवाललाई प्रचार–प्रसार समितिको संयोजक र सह–संयोजकको जिम्मेवारी दिएर उनीहरूलाई विराटनगरको स्कुल र कलेजको प्रचार–प्रसारमा खटाएका छन् ।
संयोजक शर्मा र सह–संयोजक अग्रवालले स्कुल र कलेजमा प्रचार–प्रसार गरेर युवालाई खेल भावनाको विकास गराउन मैदानसम्म ल्याउने जोडतोडका साथ लागि परेका छन् । संयोजक रिजालले विराट गोल्ड कप फुटबल टुर्नामेन्टलाई भव्य रूपमा आयोजना गर्न र टिकटको बिक्रीबाट पर्याप्त रकम आम्दानी गर्न समाजका हरेक क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरू सँग निरन्तर छलफल र संवाद जारी राखेका छन् ।
विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोर तिम्सिना, महासचिव बिनेश बस्नेत, सचिव ध्रुव सिग्देल, कोषाध्यक्ष अनुज बानिया सहित ट्रष्टका सदस्यहरु विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ लाई भव्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ लागि परेका छन् ।