प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

  • ... १२११  पटक हेरिएको

आइतबार, माघ २२, २०७९ समय : १३:३४:२३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

प्रेस चौतारी नेपाल मोरङले दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । २५औं स्थापना दिवसको अवसरमा चौतारीले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशीको जर्नादन मैनाली, स्मृति पत्रकारीता पुरस्कारबाट तेजेन्द्र भण्डारी र ११ हजार राशीको कृष्ण सिग्देल स्मृति युवा पत्रकारीता पुरस्कारबाट दिनेश सुब्बा पुरस्कृत भएका छन् । पुरस्कृत पत्रकार भण्डारी रातो तारा डटकमका सम्पादक र सुब्बा ब्लाष्ट टाइम्स दैनिकका पथरी समाार दाता हुन् ।

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले आइतबार दुवै पत्रकारलाई पुरस्कार प्रदान गरे । पत्रकार मैनालीको २०६३ सालमा अल्प आयुमै निधन भएको थियो र वहाँका परिवारले २०६५ सालमा मैनालीको नाममा पत्रकारीता पुरस्कार स्थापना गरेका थिए ।

२०६६ सालदेखि पुरस्कार वितरण कार्यक्रम सुरु भएको हो । दिपेन न्यौपाने, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, महेन्द्र बिष्ट, बन्धु पोखरेल, विक्रम लुईंटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना, गणेश लम्साल, इन्दिरा भट्टराई, कमल पौडेल र जगरनाथ भट्टराई जनार्दन मैनाली स्मृति पत्रकारीता पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।

कृष्ण सिग्देलको ४८ वर्षको अल्पआयुमै निधन भएको थियो । र वहाँका परिवारले सिग्देलको नाममा २०७० सालमा पत्रकारीता पुरस्कार स्थापना गरेका थिए । २०७१ सालदेखि पत्रकारीता पुरस्कार वितरण कार्यक्रम सुरु भएको हो । भक्त राई, कमल रिमाल, घनश्याम भण्डारी, नेत्र पी अधिकारी, सुमन सुस्केरा, मिलन के राउत र शान्ति दाहाल, कृष्ण सिग्देल स्मृति युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत भईसकेका छन् । दुवै पुरस्कार वितरणको जिम्मा प्रेस चौतारी नेपाल मोरङलाई सुम्पिएको छ । र चौतारीले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गर्दै आइरहेको छ ।

आइतबार आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइराला, उपाध्यक्ष चिना थापा, नेकपा एमाले केन्द्रिय सदस्य जीवन घिमिरे, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिका अध्यक्ष लिलाबल्भ घिमिरे, मोरङ अध्यक्ष सन्जिव खनाल, कमल रिमाल, नेत्र पी अधिकारी र स्व.जनार्दन मैनालीका जेष्ठ सुपुत्र गंगाधर (राकेश) मैनालीले मन्तव्य व्यक्त गरेका थिए ।