नयाँ निसान म्याग्नाइटको बिक्री सुरु

  • चिरफार डटकम, विराटनगर २६९  पटक हेरिएको

सोमबार, फाल्गुण १२, २०८१ समय : १६:०२:२१ , २ महिना अगाडि

९० वर्ष पुरानो जापानको निसान कम्पनीले उत्पादन गरेको नयाँ निसान म्याग्नाइटको बिक्री विराटनगरमा सुरु भएको छ । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि. को विराटनगर शाखाबाट सोमबारदेखि नयाँ निसान म्याग्नाइटको बिक्री सुरु भएको हो ।

सारडा ग्रुपका निर्देशक प्रदिप सारडाले सोमबार पायोनियर मोटो कर्पको विराटनगर शाखा कार्यालयमा नयाँ निसान म्याग्नाइटको उद्घाटन पछि बिक्री सुरु गरिएको हो । बोल्डर डिजाइन, उत्कृष्ट सुरक्षा र अत्याधुनिक प्रविधिमा उत्पादित नयाँ निसान म्याग्नाइटको फेसलिफ्टको नेपाली बजार मूल्य ३४ लाख ७५ हजार रहेका छन् ।

पायोनियर मोटो कर्प प्रा.लि. विराटनगर शाखाका प्रबन्ध अमित अग्रवालले ४० लिटर पेट्रोलको क्षमता रहेको निसान म्याग्नाइट नेपालको बाटोलाई सुहाउने नयाँ उत्कृष्ट मोडल रहेको बताए ।