
- ब्रह्मदेव यादव, विराटनगर ३०३ पटक हेरिएको
शुक्रबार, फाल्गुण ०९, २०८१ समय : १५:४५:२२ , २ महिना अगाडि
नेपाली कांग्रेसले नेता कार्यकर्तालाई इतिहास बुझाउने अभियान सञ्चालन गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागले शुक्रवार विराटनगरमा आयोजना गरेको राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित कोशी प्रदेश स्तरीय प्रचार अभियान मार्फत नेता तथा कार्यकर्ताहरूलाई इतिहास बुझाउने काम गरेका छन् ।
पत्रकार डा. जगत नेपालले राष्ट्र निर्माणमा युवाको योगदान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली कांग्रेसको इतिहास र यसका नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर जबरा र कृष्णप्रसाद भट्टराईले नेपाली जनताका लागि गरेको त्याग र तपस्याको बारेमा विस्तृत रूपमा जानकारी गराएका छन् ।
पत्रकार डा. नेपालले कांग्रेस भूमिगत अवस्थामा रहेको बेला युवाको आकर्षक कांग्रेस र बी.पी. को आकर्षण युवा रहेको थिए । तर पछिल्लो समय राजनीतिक सेवा मुखी भन्दा कमाउमुखी भएकोले नेपाली कांग्रेस र राजनीति प्रति युवाको आकर्षण घटेको कार्यपत्र मार्फत उल्लेख गरेका छन् ।
बी.पी. कोइराला भूमिगत र जेलमा रहेको बेला उनले कार्यकर्ताहरूलाई उपनामबाट सम्बोधन गरेर आफूलाई चाहिने आवश्यक सामग्री मगाउने गरेको कुरा बी.पी. को डायरीमा उल्लेख रहेकोले त्यसको कांग्रेसले अनुसन्धान गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा पत्रकार हरि बहादुर थापाले तथ्यमा आधारित राजनीतिक यात्रा विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेता तथा कार्यकर्ताहरू कांग्रेसको इतिहास र नेपालको राजनीतिमा खेलेको भूमिका बारेमा जानकारी गराएका थिए ।
कांग्रेस महामन्त्री गगन थापा, सहमहामन्त्री भिस्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली प्रचार विभाग प्रमुख एवं केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्र निर्माणमा युवाको योगदान महत्त्वपूर्ण रहेकोले नेपाली कांग्रेस युवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।