विराट गोल्ड कप खेल्ने १० टिमको टुङ्गो लाग्यो

  • चिरफार डटकम, विराटनगर ३३१  पटक हेरिएको

आइतबार, फाल्गुण ०४, २०८१ समय : १५:५५:१० , ३ हप्ता अगाडि

विराट गोल्ड कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने १० टिमको टुङ्गो लागेको छ । विराट गोल्डकप फुटबल ट्रष्टका महासचिव विनेश बस्नेतका अनुसार प्रतियोगितामा नेपालका ८ र भातका २ गरी १० टिमको सहभागिता रहने जानकारी गराएको छ ।

महासचिव बस्नेतका अनुसार नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी, थी–स्टार, एन.आर.टी., चर्च ब्याइज यूनाइटेड, मच्छिन्द्र फुटबल क्लब, रिजालको मोरङ फुटबल क्लब, भारतको दिल्ली सुबेदा र साउथन समिति कलकताको सहभागिता रहने जानकारी गराए । विराट गोल्ड कप फुटबल ट्रष्टले २०८१ सालको फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी उद्योगी नविन रिजाललाई दिएका छन् ।

मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रिजालले विराट गोल्ड कप फुटबल प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न जोडतोडका साथ तयारीमा जुटेका छन् । फागुन १९ देखि २८ गतेसम्म फुटबल प्रतियोगिता हुने कार्य तालिका सार्वजनिक गरिएको छ । विराटनगरको सहिद रंगशालामा विराट गोल्ड कप फुटबल प्रतियोगिताको सबै खेल हुनेछ ।

विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले सहिद मैदानको रंगशालमा साँझ ६ः३० बजेदेखि फडलाईटमा फुटबल खेल हुन लागेको जानकारी गराए ।