
- ब्रह्मदेव यादव, विराटनगर ४२० पटक हेरिएको
आइतबार, फाल्गुण ०४, २०८१ समय : १४:०७:१९ , ३ हप्ता अगाडि
भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा महाकुम्भ नुहाउन गइरहेका १८ जनाको नयाँ दिल्ली रेल्वे स्टेशनमा मृत्यु भएको छ । महाकुम्भ स्थल प्रयागराज जाने क्रममा शनिबार राती १० बजे नयाँ दिल्लीको रेल्वे स्टेशनमा भाग दौड मच्चिदा १८ जनाको घटना स्थलमै मृत्यु भएको छ । २० जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरू सबै अङ्गभङ्गको अवस्थामा रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने आकलन गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीको रेल्वे स्टेशनमा रेल चढ्नेको संख्या धेरै हुँदा र दुई वटा रेल छुट्न ढिलो भएको कारण एकै पटक सबै यात्रु रेल चढ्न खोज्दा मच्चिएको भाग दौडमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले पुष्टि गरेको छ । मृत्यु भएका १८ मध्ये ८ जना भारत बिहारको रहेका छन् ।
शनिबार राती नयाँ दिल्ली रेल्वे स्टेशनमा प्रयागराजको महाकुम्भ जाने यात्रुको संख्या ह्वात्तै बढेको र दुई वटा ट्रेन छुट्न ढिलाइ भइरहेको अवस्थामा १८ नं. को प्लेट फर्ममा विशेष ट्रेन छुट्न लागेको बेला सबै यात्रु एकै पटक ट्रेन चढ्न खोज्दा भाग दौड मच्चिएको थियो । भाग दौड मच्चिदा ९ महिला ५ बालबालिका र ४ पुरुष गरी १८ जनाको मृत्यु भएको थियो । यस अघि माघ १५ गते महाकुम्भ स्थल प्रयागराजमा भाग दौड मच्चिदा हजारौँ तीर्थयालुको मृत्यु भएको थियो ।

मृत्यु भएका हजारौँ तीर्थयालुलाई भारतको उत्तर प्रदेश सरकारको प्रहरीले समुद्रमा बगाई दिएको थियो ।, भारत सरकारले माघ १५ गते प्रयागराजको भाग दौडमा ३० जनाको मात्रै मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेका छन् । जुन तथ्याङ्क प्रति भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आइले असहमति प्रकट गरेका छन् ।
शनिबार राती नयाँ दिल्लीमा भएको भाग दौडको क्रममा सयौँ व्यक्तिको मृत्यु भएको र भारत सरकारले आफ्ना कमजोरी लुकाउन १८ जनाको मात्रै मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको भारतीय संसद लोकसभामा विपक्ष दलका नेता राहुल गान्धीले जानकारी गराएका छन् । प्रयागराजमा महाकुम्भ मेला सुरु भए लगत्तै मान्छे बस्ने पनडालमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा २ सय पनडाल जलेर नष्ट भएको थियो । त्यतिखेर पनि धेरै तीर्थयालुको मृत्यु थियो । र सरकारले मृत्यु भएको संख्या लुकाएको आरोप लागेको थियो ।