२ सय ६८ विद्यार्थीलाई स्विटर वितरण

  • चिरफार डटकम, विराटनगर ५०७  पटक हेरिएको

बुधबार, माघ ३०, २०८१ समय : १४:११:०५ , ४ हप्ता अगाडि

लायन्स र जेसीजको सहयोगमा विराटनगरको एक विद्यालयमा अध्ययनरत २ सय ६८ जना विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको छ । विद्यार्थीहरूलाई स्विटर सँगै स्टेशनरी सामग्री र खेलकुद सामग्री वितरण गरिएको छ ।

लायन्स क्लब अफ विराटनगर, लायन्स क्लब अफ विराटनगर (एक्टिभ), लायन्स क्लब अफ विराटनगर (ग्रोगाहा) र विराटनगर जेसीजको सहयोगमा विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २६८ जना विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, संविधान सभा सदस्य एवं कोशी प्रदेशका सांसद अमृत अर्याल, कोशी प्रदेश सांसद डोल्मा तामाङ, कोशी प्रदेश सांसद दुर्गा चापागाईँ, लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर फुलकुमार लालवानी र रेवतबहादुर कार्की, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष निर्मल दाहाल, पूर्व अध्यक्ष मुकेश उपाध्याय र टिकाराज ढकाल, लायन्स क्लब अफ विराटनगर (एक्टिभ) का अध्यक्ष सुभाषचन्द्र यादव, विराटनगर जेसीजका अध्यक्ष प्रितेसराज दाहाल, गणेशमान सिंह फाउन्डेसन कोशी प्रदेश समितिका अध्यक्ष श्याम पौडेल, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, नेपाली कांग्रेसका युवा नेता राजु मास्के र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौलाले विद्यार्थीहरूलाई स्विटर, स्टेशनरी सामग्री र खेलकुद सामग्री वितरण गरेका थिए ।