
- ब्रह्ममदेव यादव, विराटनगर २५९७ पटक हेरिएको
बिहिबार, माघ २४, २०८१ समय : २०:५०:२२ , २ महिना अगाडि
विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको सिमान्त क्षेत्र जोगबनीमा बिहीबार साँझ भीषण मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल चालक १६ वर्षीय अमन मिश्राको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु भएका १६ वर्षीय अमन मिश्रा जोगबनीका पत्रकार बरुण मिश्राका छोरा हुन् । हिन्दुस्तान टाइम्स दैनिकका लागि जोगबनी समाचारदाता पत्रकार बरुण मिश्राका एक मात्र छोरा अमन मिश्रा बिहीबार साँझपख मोटरसाइकल कुदाइ रहेको बेला सडक पेटिमा रोकिराखेको भारतीय ट्रकमा पछाडिबाट ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयवासी रंजित मण्डलको मोटरसाइकल मागेर जोगबनीको आइसीपी रोडमा कुदाइ रहेको बेला रोकी राखेको ट्रकमा पछाडिबाट ठक्कर दिँदा अमन मिश्राको टाउको फुटेर मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको छ । जोगबनीका पत्रकार बरुण मिश्रा र उनका श्रीमती माला मिश्रा मैथली भाषाका अभियान्ता हुन् ।
नेपाल र भारतमा मैथली भाषाभाषीको क्षेत्रमा बेग्लै पहिचान बनाएका बरुण मिश्रा र माला मिश्राको एक मात्र छोरा अमन मिश्राको भिषन मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेका छन् । तीन सन्तानका बुवा आमा बरुण मिश्रा र माला मिश्राको दुई छोरी र एक छोरा थिए ।