- चिरफार डटकम, विराटनगर २९३ पटक हेरिएको
बुधबार, माघ १६, २०८१ समय : १३:०८:०६ , ५ दिन अगाडि
विराटनगरको गोल्डेन हस्पिटलले बरिष्ठ एम.सी.एच. न्यूरो सर्जन डा. बिबेक बैद्यलाई भित्र्याएका छन् । नेपालको सबै भन्दा ठुलो न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा सँग १० वर्षसम्म सँगै काम गरेका डा. बिबेक बैद्य १६ वर्षदेखि न्यूरो र स्पाइन सर्जरीको क्षेत्रमा कार्यरत रहेका छन् ।
गोल्डेन हस्पिटलले विराटनगर–११ स्थित महेन्द्र चौक नजिक आफ्नै सुविधा सम्पन्न हस्पिटल निर्माण गरेका छन् । र त्यही सुविधा सम्पन्न हस्पिटलबाट नेपालकै बरिष्ठ चिकित्सक भित्र्याएर सबै प्रकार रोगको उपचार सेवा प्रदान गरिरहेका छन् । गोल्डेन हस्पिटल विराटनगरले २४सैं घण्टा सेवा प्रवाह गर्ने उद्देश्यका साथ डा. बिबेक बैद्यलाई भित्र्याएर स्वागत गरेका छन् ।
गोल्डेन हस्पिटलका प्रशासक सुधिर सिंह राठौरले गोल्डेन अस्पतालमा कोशी प्रदेशकै उत्कृष्ट ट्रमा टिम, इएण्टि सर्जन डा. संजिव ठाकुर, म्याक्जलोफेसियल सर्जन डा. मनिश अग्रवाल, एम्स दिल्लीबाट डा. अजय महत्तो, बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियार सहित उत्कृष्ट चिकित्सा प्रविधिद्वारा २४सैं घण्टा इमरजेन्सी सेवा, एड्भान्स मोडुलर ओटी, लुक्काको लेटेस्ट माइकोस्कोप, आइसीयू, एनआइसीयू सहित सुविधा सम्पन्न आफ्नै भवनबाट १ सय ९२ स्लाइस्को ए आइ प्रविधियुक्त सीटी स्याक्यान, अत्याधुनिक प्रविधिसहित गुणस्तरीय उपचार सेवा प्रवाह भइरहेको बताए ।