- ... ७९० पटक हेरिएको
शुक्रबार, माघ २०, २०७९ समय : १५:१३:२१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ का विरुद्ध उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतको आदेश बमोजिम सीएनआई कोसी एक्स्पोका विरुद्ध खडागर्न खोजिएको बाधा व्यवधान हटेको छ । र आयोजकलाई निर्धक्क साथ भव्य एवं ऐतिहासिक रुपमा कोस एक्स्पो समापन गर्न वातावरण तयार भएको छ ।
कानुनका केही विद्यार्थीहरुले नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगर, विराटनगर महानगरपालिकाको वडा नं. २ जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरलाई विपक्षी बनाएर सीएनआई कोसी एक्स्पोका विरुद्ध मुद्दा दायर गरेका थिए ।
नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय कार्यालय विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको दुई बेग्लाबेग्लै खाली मैदानलाई घेराबेरा सहित एउटै बनएर कोसी एक्स्पो आयोजना गरिएको छ । आयोजकले एक्स्पो आयोजना गर्दा बाटो बन्द गरेकोले अविलम्ब बाटो खोल्नु पर्ने माग गर्दै कानुनका विद्यार्थीहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए ।
शुक्रबार मुद्दाको सुनुवाई गर्र्दै उच्च अदालत विराटनगरले तुरुन्तै बाटो खोल्नुपर्ने मुद्दाको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । र अर्को साता सरोकार बालापक्ष र विपक्षलाई छलफलको लागि बोलाएको छ । माघ १९ देखि २८ गतेसम्म अर्थात १० दिनका लागि आयोजना गरिएको सीएनआई कोसी एक्स्पो तवसम्म सकिने बेला भईसकेको हुन्छ । त्यस्तो बेला गर्ने छलफलको कुनै महत्व रहदैन ।
नेपाल उद्योग परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरले औधोगिक तथा व्यापारीक हकहितका लागि गरिरहेको राम्रो कामको जहिलेपनि केहि समूहले विरोध गरिरहेको छ । परिसंघले आयोजना गरेको कोसी एक्स्पोका विरुद्ध बाधा व्यवधान खडा गर्न खोज्नेलाई उच्च अदालत विराटनगरको अन्तरिम आदेशको निर्णयले ठुलो झापड हानेको छ ।