माओवादीबाट उप्रेतीलाई मन्त्री बनाउन लबिङ सुरु

  • ... १३४०  पटक हेरिएको

आइतबार, पुष १७, २०७९ समय : १६:४६:३५ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

नेकपा माओवादी केन्द्रबाट १ नं. प्रदेश सरकारमा गणेश उप्रेती (शुसिल) लाई मन्त्री बनाउन लबिङ सुरु भएको छ । उप्रेती मोरङ क्षेत्र नं. २ को (१) प्रदेश सभाबाट निर्वाचित सांसद हुन् । नेकपा एमालेको नेतृत्वमा गठन हुन लागेको प्रदेश सरकारमा माओवादीले मोरङबाट १ जनालाई मन्त्री बनाउन लागेको छ । जसमध्ये उप्रेतीलाई मन्त्री बनाउन कार्यकर्ताहरुको दवाव बढेको छ ।

माओवादी भूमिगत भएको बेला २०५३ सालदेखि पार्टीमा काम गरेका उप्रेती पटक पटक गरेर २ वर्ष जेल जीवन बिताएका नेता हुन् । ३ पटक मोरङमा पार्टीको नेतृत्व समालिसकेका उप्रेती जेल जीवन बिताएका पुराना नेता हुन् । पार्टीको १ नं. प्रदेश कमिटिका निर्वाचित सचिव उप्रेतीलाई कामको आधारमा प्रदेश सरकारमा मन्त्री बनाउन जोडदार लबिङ सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का आफ्नै सोहदर ज्वाई जीवन आर्चायलाई प्रदेश सरकारमा मन्त्री बनाउन लबिङ तिब्र छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफ्नै ज्वाईलाई प्रदेश सरकारमा मन्त्री बनाउँदा कार्यकर्तामा नराम्रो सन्देश जाने भएकोले उप्रेती मन्त्रीका प्रबल दाबेदार हुन् ।

प्रदेश सभाको पहिलो बैठक आईतबार बसेर अर्को बैठक २५ गतेको लागि आवहान भएको छ । पुस २५ गतेपछि प्रदेश सरकारले मन्त्री बन्ने व्यक्तिको टुङ्गो लगाएर सफत ग्रहण गर्ने भएकोले दलहरुले त्यस अघिनै सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने कार्यमा दलहरु जुटेको छ ।

एमाले माओवादी राप्रपा र जसपा नेपाल प्रदेश सरकारमा सहभागिता जनाउने निश्चित छ । ९३ सदस्य प्रदेश सभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपा नेपालको १ सिट गरेर जम्मा ६० सिट छ । जुन स्प्रष्ट बहुमत हो । प्रदेश सभामा नेपाली कांग्रेसको २९ र नेकपा एकिकृत समाजवादीको ४ सिट रहेका छन् ।