- ब्रह्मदेव यादव, विराटनगर २६८ पटक हेरिएको
आइतबार, पुष २८, २०८१ समय : १३:२०:४३ , ३ हप्ता अगाडि
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अवरोध विकास निर्माण बारे सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ दिन अगाडि मोरङमा प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेका यादवले आइतबार सञ्चारकर्मीहरूसँग छलफल गर्दै अवरोध विकास निर्माण कार्यलाई सुचारु रूपमा सञ्चालन गर्ने गरी सरोकारवाला निकायसँग सहजीकरणको भूमिका निर्वाह गर्ने बताए ।
मोरङमा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गको कारण सर्वसाधारणले सास्ती भोग्नु परेको विषयलाई सञ्चारकर्मीले जोडदार रूपमा उठान गरेपछि प्रमुख जिल्ला अधिकारी यादवले विकास निर्माण कार्यबारे सरोकारवाला सँग सहजीकरण गरेर अलपत्र अवस्था रहेको हुलाकी राजमार्ग निर्माण कार्यलाई सुचारु गर्ने बताए ।
हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएका निर्माण कम्पनीसँग माग ३ गते मोरङ प्रशासनको सभाहलमा छलफल राखेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । यस अघि मोरङका पूर्व प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र प्रेमप्रसाद भट्टराईले हुलाकी राजमार्ग बारे सरोकारवाला निकायसँग निरन्तर छलफल चलाएका थिए । तर समस्या ज्यूकातिउ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी यादवले जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रवाह भइरहेको सेवा सुविधालाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने बताए । १० लाख जनसंख्या रहेको मोरङ भारतसँग सिमाना जोडिएको संवेदनशील जिल्ला हो । चोरी तस्करी रोक्ने आफूले कसैसँग कुनै पनि किसिमको सम्झौता नगर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।