विराटनगरमा नेपाल प्रजातन्त्र सेनानी संघको अधिवेशन सुरु

  • चिरफार डटकम, विराटनगर ३१६  पटक हेरिएको

शुक्रबार, पुष २६, २०८१ समय : १६:५०:२४ , ४ हप्ता अगाडि

नेपाल प्रजातन्त्र सेनानी संघको प्रथम कोशी प्रदेश स्तरीय अधिवेशन विराटनगरमा सुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अधिवेशनको उद्घाटन गरेका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेश समितिका अध्यक्ष मोहनलाल महत्तोको अध्यक्षतामा सुरु भएको अधिवेशनमा १ सय ८४ जना प्रजातन्त्र सेनानीहरूको सहभागिता रहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य अमृत अर्याल, राजिव कोइरालाले अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारदेखि सुरु भएको अधिवेशनको शनिबार समापन हुनेछ ।