- चिरफार डटकम, विराटनगर ३६७ पटक हेरिएको
शुक्रबार, पुष २६, २०८१ समय : १६:४९:०४ , ४ हप्ता अगाडि
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरले बिहीबार एकसाथ स्वागत, सम्मान र बिदाई कार्यक्रम आयोजना गर्यो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा र परिसंघ कोशीका प्रमुख सल्लाहकार महेश जाजुले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमोडियालाई स्वागत र सम्मान गरेका छन् ।
यादवले बुधबारेदेखि मोरङका प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन् । चिमोडियाले केही समय अगाडिनै जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी प्रमुख जिम्मेवारी सम्हालेका थिए । परिसंघले दुवै जनालाई एकै पटक स्वागत र सम्मान गरेका छन् ।
मोरङबाट सरुवा भएर गृह मन्त्रालय जान लागेका पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई बिदाई गरेका छन् । मोरङमा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै परिसंघ कोशीले पूर्व प्रमुख जिल्ला अधिकारी भट्टराईलाई सम्मान पत्र दिएर बिदाइ गरेका थिए ।