- ब्रह्मदेव यादव, विराटनगर ३४६ पटक हेरिएको
बिहिबार, पुष २५, २०८१ समय : १७:१६:५४ , १४ घन्टा अगाडि
विराट व्यापार संघ विराटनगरले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्वागत र सम्मान गरेका छन् । बुधवारदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेका यादवलाई २४ घण्टा भित्रै विराट व्यापार संघ विराटनगरका अध्यक्ष अंशु बन्जारा नेतृत्वको टोली बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमै पुगेर स्वागत र सम्मान गरेका छन् ।
विराट व्यापार संघ विराटनगरका अध्यक्ष अंशु बन्जारा, उपाध्यक्ष मनोहर कार्की, प्रविण अग्रवाल, सरस्वती ओझा, उपमहासचिव श्यामलाल पौडेल (भवेष) कोषाध्यक्ष सोनु गुरुङ, प्रमुख कार्यकारी अधिकृत धरणिधर निरौला सहित संघका सदस्यहरूले प्रमुख जिल्ला अधिकारी यादवलाई फुलमालाले स्वागत गर्दै खादा ओढाएर सम्मान गरेका थिए ।
यादव रौतहट, सर्लाही, सुनसरी, इलाम, चितवन हुँदै मोरङमा प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेका छन् । यादव यस अघि रौतहट, सर्लाही, सुनसरी, इलाम र चितवनमा ५२ महिना प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिसकेका छन् । गृह मन्त्रालयका सहसचिव यादव ३ महिना मन्त्रालयमै काम गरेर बुधवारदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको रूपमा काम सुरु गरेका छन् ।