- ब्रह्मदेव यादव, विराटनगर २०५ पटक हेरिएको
बिहिबार, पुष २५, २०८१ समय : १४:३३:५९ , १७ घन्टा अगाडि
कोशी प्रदेश सरकारले २०८२ साल वैशाख महिनामा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस अघि कोशी प्रदेश सरकारले २०८१ माघ ११ देखि १३ गतेसम्म विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गर्दै तयारी गरिरहेका थिए । तयारी नपुगेको निष्कर्ष निकाल्दै कोशी प्रदेश सरकारले लगानी सम्मेलनको मिति सारेको हो ।
कोशी प्रदेश सरकारले २०८१ माघ ११ देखि १३ गतेसम्म आयोजना गर्न लागेको लगानी सम्मेलनकै मितिमा उद्योग संगठन मोरङले विराट एक्स्पोे आयोजना गर्ने मिति सार्वजनिक गरेपछि विराटनगरको निजी क्षेत्र लगानी सम्मेलन बारे दुई चिरामा विभाजित भएका थिए । उद्योग संगठन मोरङले २०८१ माघ ११ देखि २० गतेसम्म विराटगनर–१४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्दैछ ।
कोशी प्रदेश सरकारले विराट एक्स्पोकै स्थलमा बेग्लै मञ्च बनाएर लगानी सम्मेलन आयोजना गर्ने गरेको तयारी प्रति नेपाल उधाेग परिसघ काेशी असन्तुस्ट रहेका थिए। फलतः कोशी प्रदेश सरकार लगानी सम्मेलनबाट पछाडि हट्दै मिति परिवर्तन गरेको हो ।