शिव ढकाल मोरङ कांग्रेस सभापतिको उम्मेदवार

  • ब्रह्मदेव यादव, विराटनगर ७३९  पटक हेरिएको

आइतबार, पुष २१, २०८१ समय : १५:०१:५५ , २ दिन अगाडि

नेपाली कांग्रेसको संस्थापन पक्षले युवा नेता शिवप्रसाद ढकाललाई मोरङ कांग्रेस सभापतिको उम्मेदवार बनाउने तयारी सुरु गरेको छ । कांग्रेस युवा नेता ढकाल कार्यकर्ता माझ लोकप्रिय छवि बनाएका इमान्दार, जुझारु नेता हुन् । सुन्दरहरैंचा नगरपालिकाको मेयरको जिम्मेवारी पुरा गरिसकेका युवा नेता ढकाल मोरङ कांग्रेसमा एक कार्यकाल पदाधिकारीको रूपमा काम गरिसकेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री युवा नेता गगन थापाको पहिलो रोजाइमा परेका ढकाल मोरङ कांग्रेसको सभापतिमा सान्दार जित निकाल्ने उद्देश्यका साथ तयारी सुरु गरेका छन् । मोरङ जिल्लामा ६ संसदीय निर्वाचन क्षेत्र छ ।

यतिखेर मोरङमा कांग्रेसले ३ सिट जितेको छ । भने ३ सिट गुमाएको छ । यस अघि मोरङमा ६ मध्ये ५ सिटमा कांग्रेसले हार बेहोरिएको थियो । अघिल्लो संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. २ बाट डा. मिनेन्द्र रिजालले मात्रै जित निकालेका थिए ।

मोरङ कांग्रेसका सभापति रहेका डिगबहादुर लिम्बु आफू सहित वरिष्ठ नेता डा. शेखर कोइराला, डा. सुनिल शर्मा, महेश आचार्य र अमृत अर्याललाई जिताउन सकेन । नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन कांग्रेस संस्थापन पक्षले युवा नेता ढकाललाई मोरङ कांग्रेसको आगामी सभापति बनाउने तयारीमा जुटेको छ ।

कांग्रेस इतर पक्ष अर्थात डा. शेखर कोइराला गुटले विराटनगर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालालाई मोरङ कांग्रेसको आगामी सभापतिको उम्मेदवार बनाउने तयारी गरेको हो । तर उपसभापति भक्तिनाथ माझी म अब कहाँ जाने र मेरो पोजिसन के हुने विषयलाई लिएर असन्तुष्टि जनाएको छ ।