विराटनगरमा सीएनआई कोसी एक्स्पो सुरु

  • ... ५४२  पटक हेरिएको

बिहिबार, माघ १९, २०७९ समय : १८:१२:४४ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

विहीबारदेखि विराटनगरमा १० दिने सीएनआई कोसी एक्स्पो २०७९ सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गरे । नेपाल उद्योग परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको २ बेग्लाबेग्लै खाली मैदानलाई घेराबेरासहित एउटै मैदान बनाएर सीएनआई कोसी एक्स्पोको आयोजना गरेको छ ।

नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर चार देशको ३ सय ७० भन्दा बढि स्टलबाट औधोगित तथा कृषि उत्पादन सामग्रीको विक्री सुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरको औधोगित तथा कृषि प्रर्दशनीमा स्वदेशी उद्योगको उत्पादनलाई प्राथमिकता दिएको छ । चर्को बैंक तथा वित्तिय संस्थाको ब्याजदरका कारण धारासाही अवस्थाबाट गुज्रीरहेको पूर्वको औधोगिक क्षेत्रलाई चलायमान बनाउन र विदेशी प्रविधि भित्र्याउन एक्स्पोको आयोजना गरिएको परिसंघ १ नं. प्रादेशिक कार्यालयका अध्यक्ष भीम घिमिरेले जानकारी गराए ।

नेपाली औधोगिक क्षेत्रबाट उत्पादित उत्पादनलाई एक्स्पोमा बढि प्राथमिकता दिएको छ । नेपाली खाद्यन उद्योगद्वारा उत्पादित खाद्यन सामग्री मुख्य स्टलबाट विक्री भईरहेको छ । एसिन थाइफुड्सको रमपम चाउचाउ, काबरा गु्रपको टेस्टी–टेस्टी बिस्कुत, चक्लेटर र चाउचाउ, केएल दुगड समूहको तेल र खाद्यान सामग्री, पशुपति खाद्य तेल उद्योगको तेल र खाद्यान सामग्री, सेञ्चुरी ग्रुपको फुड्सका उत्पादन र म्याजिक जुत्ता चप्पल उद्योगलाई एक्स्पोमा बिचको भागको महत्वपूर्ण स्टल दिइएको छ । र जहाँ सर्वसाधारणहरुले नेपाली उत्पादनलाई छानीछानी खरीद गर्न पाउने छन् ।

उत्पादन भारतको इलेक्ट्रोनिक तथा मेशिनरी, बंगलादेशको रेडिमेड लत्ताकपडा र पाकिस्तानको लेदरजन्य सामग्री एक्स्पोको स्टलबाट विक्री भईरहेको छ । एक्स्पो घुम्नआउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्न नदिमाथि बनाइएको बगैंचा गार्डेनमा सेल्फी खिचाउन पाउने व्यवस्था गरिएको छ ।

बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न प्रकारको खेल समग्री प्रर्दशनीमा राखिएको छ । स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरुलाई सौर्यमण्डल मार्फत चन्द्रमा, सूर्य तथा विभिन्न नक्षत्रको वित्तचित्रमार्फत अवलोकनको व्यवस्था मिलाइएको छ । आयोजकले मोटो रकम खर्चेर सेल्फी बगैंचा गार्डेनको निर्माण र भारतबाट सौर्यमण्डल झिकाइएको छ ।

सर्वसाधारणलाई सन्धाकालिन भरपुर मनोरञ्जन प्रदान गर्न प्रत्येक दिन सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । त्यसकालागि देशका चर्चित कलाकार तथा गायकहरुलाई आमन्त्रण गरिएको छ । आयोजकले एक्स्पोलाई भव्यरुपमा सम्पन्न गर्न बोर्डमेम्बर राजेन्द्र राठी लाई संयोजक र गिरीजा सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको छ । परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, सुशिल जोशी, दिपक पौडेल र कोषाध्यक्ष गिरिस लुनियाँलाई एक्स्पो भव्य र ऐतिहासीक रुपमा सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी दिएको छ ।