- ब्रह्मदेव यादव, विराटनगर २८१ पटक हेरिएको
आइतबार, पुष ०७, २०८१ समय : १६:००:१२ , ६ घन्टा अगाडि
मधेशी आयोगले बिहीवार काठमाडौँमा जनकपुर बोल्टसका समर्थक माथि उच्शृखल समूहले गरेको आक्रमणको घोर निन्दा र भत्सना गरेका छन् । साथै जनकपुर बोल्टसका समर्थक माथि आक्रमण गर्ने उच्शृखल समूहलाई कारबाही गर्न जोडदार माँग गरेका छन् ।
बिहीवार काठमाडौँको ललितपुर स्थित कृतिपुर क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा जनकपुर बोल्टसका समर्थक माथि उच्शृखल समूहले आक्रमण गरेका थिए ।
मधेशी आयोगले विज्ञप्ति जारी गरेर खेलमा हारजित स्वाभाविक भए पनि जनकपुर बोल्टस फाइनलमा पुग्दा उनका समर्थकहरू माथि उच्शृखल समूहले गरेको आक्रमणमा संलग्नलाई अविलम्ब कारबाही गरेर कानुनी दायरामा ल्याउन राज्यसँग माँग गरेका छन् ।
जनकपुर बोल्टसका समर्थकहरू माथि उच्शृखल समूहले आक्रमण गरिरहँदा राज्यको सुरक्षा निकाय मुख दर्शक भएको आरोप लगाउँदै त्यसको पनि मधेशी आयोगले भत्सना गरेका छन् । शनिवार काठमाडौंमा सम्पन्न फाइनल खेलमा सुदुरपश्चिमलाई पराजित गरेर जनकपुर बोल्टसले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एन.पि.एल.) को उपाधी हात पारेको छ ।