नेपाल सांस्कृतिक महासंघको केन्द्रीय महाधिवेशन चैत्रमा

  • चिरफार डटकम, विराटनगर १५५  पटक हेरिएको

मंगलबार, मंसिर २५, २०८१ समय : १३:३७:३० , १ हप्ता अगाडि

नेपाल सांस्कृतिक महासंघले २०८१ चैत्र २४, २५ र २६ गतेको मितिमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनको स्थानको टुंगो लागि नसकेको महासंघले जानकारी गराएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापा, महासचिव शिवशंकरप्रसाद रिजाल (जोगेन्दर पानवाला) सहितका पदाधिकारीहरूले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर केन्द्रीय महाधिवेशनको मिति सार्वजनिक गरेको हो ।
महासंघको सोमबार विराटनगरमा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै मिति सार्वजनिक गरेको हो ।
केन्द्रीय महाधिवेशन अघि महासंघले फागुन १५ गते प्रदेश तथा विधागत संघहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाल सांस्कृतिक महासंघ नेपाली कांग्रेस निकट कलाकारहरूको संघ हो । २०६२ को जनआन्दोलनलाई सफल बनाउन नेपाल सांस्कृतिक महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।