किन्डर पिल्लरका एक सय दश विद्यार्थी तथा अभिभावकको स्वास्थ्य परिक्षण

  • ... ३८३  पटक हेरिएको

बुधबार, माघ १८, २०७९ समय : १५:२२:१६ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

इटहरीको किन्डर पिल्लर मन्टेश्वरी स्कुलले १ सय १० जना विद्यार्थी तथा अभिभावकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । स्कुलकी निर्देशक श्रृति शर्माले विराट नर्सिङ होमस संग सहकार्य गरेर विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

मंगलबार स्कुलमै आयोजित स्वास्थ्य शिविरमा विराट नर्सिङ होमका बाल रोग विशेषज्ञ डा. सोनिया दाहाल, आँखा रोग विशेषज्ञ डा. नेहा चौधरी र डा. रमेश विक्रम केसी दन्तरोग विशेषज्ञ डा. इशा कार्की सहितको टोलिले विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

स्कुलकी निर्देशक शर्माको पहलमा प्रत्येक वर्ष स्कुलमा अध्ययनरत बालबालिका र उनका अभिभावकहरुको स्वाथ्य परिक्षण गर्ने गरेको छ ।