- चिरफार डटकम, विराटनगर २२७ पटक हेरिएको
बिहिबार, मंसिर २०, २०८१ समय : १४:११:०२ , ३ हप्ता अगाडि
नेपालमा ७० हजार क्षयरोगीको संख्या छ । जसमध्ये ३० हजार भन्दा बढि क्षयरोगी सम्पर्क बिहीन अवस्थामा छन् । एक जना क्षयरोगीका बिरामीले १० जना स्वास्थ्य मानिसमा क्षयरोग सर्छ ।
सम्पर्क बिहीन अवस्थामा रहेका ३० हजार भन्दा बढि क्षयरोगीले प्रत्येक दिन हजारौं स्वास्थ्य मानिसलाई क्षयरोगको किटाणु सारिरहेका छन् । यस विषयमा राज्य र सरोकारवाला निकाय गम्भीरताका साथ लाग्नु पर्ने आजको आवश्यकता रहेको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङका सभापति शिवनारायण प्रधानले क्षयरोग सम्बन्धी यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपाल क्षयरोग निवारण संस्था मोरङले विराटनगरको अस्पताल चौक स्थित अस्पताल परिसरमा निर्माण गरेको गणेश मन्दिरको बिहीबार उद्घाटन समारोहमा सभापति प्रधानले क्षयरोग सम्बन्धी यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद डा. शेखर कोइरालाले बिहीबार गणेश मन्दिरको उद्घाटन गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाको सहभागिता रहेको थियो ।