- चिरफार डटकम, विराटनगर २११ पटक हेरिएको
आइतबार, मंसिर १६, २०८१ समय : १२:३९:५५ , ३ दिन अगाडि
नेपाल निर्माण व्यवसायी संघ मोरङको आयोजनामा आइतबारदेखि विराटनगरमा निर्माण आयोजना व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । तालिममा ४१ जना निर्माण व्यवसायीहरूको सहभागि रहेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव रोशन दाहालले निर्माण आयोजना व्यवस्थापन तालिमको उद्घाटन गरेका छन् ।
महासचिव दाहालले तालिमको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायीले निर्माण कार्य सुरु गरेदेखि काम सम्पन्न नगरुन्जेलसम्म बिचको अवधिमा झेल्नुपर्ने समस्या र कानुनी अड्चनको बारेमा धारणा व्यक्त गरेका थिए ।
महासचिव दाहालले इजाजत पत्र लिदैमा ठेकेदार बन्न नसकिने र ठेक्का लिइदैमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने बताउँदै निर्माण कार्य पुरा नगरी ठेक्का तोड्ने निर्माण व्यवसायीलाई ७ किसिमको सजायको व्यवस्था रहेको बताए ।
प्राध्यापक डा. राजेन्द्र अधिकारीले निर्माण आयोजना व्यवस्थापन सम्बन्धमा निर्माण व्यवसायीहरूलाई तालिम दिई रहेका छन् ।नेपाल निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रको अध्यक्षतामा उद्घाटन समारोहको आयोजना गरिएको थियो ।