“विराटनगर किङ्सले एनपिएल को शिल्ड उचाल्छ” 

  • चिरफार डटकम, विराटनगर १८६  पटक हेरिएको

मंगलबार, मंसिर ११, २०८१ समय : १७:४३:३४ , ३ घन्टा अगाडि

विराटनगर किङ्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको शिल्ड उचाल्ने दाबी गरेको छ । विराटनगर किङ्सले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर एनपिएल क्रिकेट प्रतियोगिताको शिल्ड उचाल्ने गरी तयारी गरेको बताए ।

विराटनगर किङ्सका सञ्चालक, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी एवं उद्योगी पारस लुनियाले विदेशी प्रशिक्षक, पाँच विदेशी खेलाडी र मार्की खेलाडी सन्दिप लामिछाने विराटनगर किङ्स सँग रहेकोले एनपिएल प्रतियोगिता जित्नेमा विश्वस्त रहेको बताए । विराटनगर किङ्सले एनपिएल प्रतियोगिताको शिल्ड उचालेर काठमाडौंबाट विराटनगर ल्याउने लुनियाको दावी छ । १० वर्ष भित्रमा नेपालको ४ वटा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी विराटनगर किङ्सले उत्पादन गर्ने लुनियाले बताए ।

विराटनगर किङ्सका अर्का सञ्चालक सुयश प्याकुरेलले एनपिएल प्रतियोगिता जित्ने उद्देश्यका साथ कोच र खेलाडीको छनौट गरिएको बताए । विराटनगरको निजी क्षेत्रले अन्य उद्योग सरह नै क्रिकेट उद्योगमा लगानी गरेर खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढेको प्याकुरेलको भनाई छ ।

काठमाडौंको ललितपुर स्थित त्रिभुवन विश्व विद्यालयको कृतिपुर क्रिकेट मैदानमा मंसिर १५ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताको पुस ६ गते समापन हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । मंसिर १५ गते कोशी प्रदेशको विराटनगर किङ्सले मधेश प्रदेशको जनकपुर बोल्ट सँग पहिलो खेल खेल्दै छ । प्रत्येक टिमले कम्तीमा ७ खेल खेल्न पाउने छ ।

पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक आयरल्याण्डका केभिन ओ ब्रायन र टिम डाइरेक्टर दिपेन्द्र चौधरी सहभागि थिए । विराटनगर किङ्सबाट ५ विदेशी खेलाडी सहित सन्दिप लामिछाने, प्रतिस जिसी, वसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेश भट्ट, मुनाल गुरुङ, टिममा रहेका छन् ।